स्वास्थ्य बिमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले बाेलाइन बैठक

स्वास्थ्य बिमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले बाेलाइन बैठक

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गरेकी छन्।

प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न बुधबार सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन् ।

बैठक आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए।

स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन्।

स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ।

माघ २१, २०८२ बुधबार ११:५७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।