भ्यालेन्टाइन्स डे लक्षित हायात प्लेस बुटवलको विशेष प्याकेज, मूल्य कति?
बुटवल : बुटवलस्थित हायात प्लेस होटलले भ्यालेन्टाइन्स डेको अवसरमा प्रेमी जोडीहरूका लागि ‘एन इभिनिङ ड्याट लिङ्गर्स’ नामक विशेष प्याकेज सार्वजनिक गरेको छ।
१४ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको यो प्याकेज अन्तर्गत जोडीहरूले रोमान्टिक बसाइको अनुभव लिन सक्नेछन्।
होटलका अनुसार यो प्याकेजमा एक रातको बसाइ (वान-नाइट स्टे), बेडमै ब्रेकफास्ट, भव्य बुफे डिनर, र दुई गिलास स्पार्कलिंग वाइन समावेश छ।
साथै, जोडीहरूले ६० वा ९० मिनेटको स्पा सेसन बुकिङ गर्दा १५ प्रतिशत विशेष छुट प्राप्त गर्नेछन्।
होटलका हेड सेफ उमेश तामाङले जोडीहरूका लागि अन्तर्राष्ट्रिय र स्थानीय स्वाद समेटिएको विशेष मेनु तयार पारिएको जानकारी दिए।
१०९ वटा कोठाहरू रहेको यस होटलले शान्त वातावरण र बुटवलको प्राकृतिक सौन्दर्यबीच जोडीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
माघ २१, २०८२ बुधबार ११:४८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।