बजाजको ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर, सात हजारसम्म छुट
काठमाडौं : बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना सार्वजनिक गरेको छ।
विशेषगरी नवविवाहित जोडीलाई लक्षित गरिएको यस योजनाअनुसार १०० सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजार रुपैयाँसम्म नगद छुट पाइनेछ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नयाँ जीवनको सुरुवातलाई सहज बनाउन यो अफर ल्याइएको बताए।
लक्षित वर्ग नवविवाहित भए पनि यो योजनाबाट सबै ग्राहकले लाभ लिन सक्ने कम्पनीले जनाएको छ। यो योजना माघ १५ गतेदेखि नै लागू भइसकेको छ।
माघ २१, २०८२ बुधबार १०:१२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।