ट्याक्टरबाट खसेर युवकको मृत्यु

ट्याक्टरबाट खसेर युवकको मृत्यु

दमौली : तनहुँको ऋषिङ गाउँपालिका-३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ऋषिङ गाउँपालिका-४ का २३ वर्षीय पूर्णबहादुर थापाको गए राति मृत्यु भएको हो।

बालुवा बोकेको ग१त ६२९४ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते थापाको रत्नहरि अस्पतालमा मृत्यु भएको हो।

माघ २१, २०८२ बुधबार ०७:५७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।