चुनावी अभियानमा फर्किए लामिछाने भने - मत परिणाम स्वीकार्छौं तर पुरानो संसद् फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्दैनौं
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने चुनावी अभियानमा फर्किएका छन्।
खुट्टाको चोटका कारण उपचारमा रहेका लामिछानेले मंगलबार साँझ सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै चुनावी अभियानमा फर्किएको बताएका हुन्।
"सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु।"
उनले सिंहदरवार बदल्न घण्टीमा भोट मागेकाे समेत उल्लेख गरेका छन्। पुराना दलहरूले गठबन्धन गरे पनि अहिलेको सुनामी रोक्न नसक्ने उनले जिकिर गरे।
लामिछानेले प्रतिनिधि सभा ब्युताउने खेलतिर नलाग्न चेनावती समेत दिएका छन्।
"अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानाे संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं।"
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको परिणाम जस्तो आए पनि स्वीकार्ने उनको भनाइ छ।
माघ २०, २०८२ मंगलबार १८:०२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।