नेपाल लाइफलाई कर्पोरेट एक्सिलेन्स अवार्ड
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले 'द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५' प्राप्त गरेको छ। कर्पोरेट क्लब नेपालको आयोजनामा सम्पन्न 'अवार्ड कार्यक्रम'मा लाइफ इन्स्योरेन्स विधामा नेपाल लाइफलाई अवार्ड प्रदान गरेको हो।
काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार क्यालले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरे।
आयोजकका अनुसार कम्पनीको वित्तीय विवरण, सुशासन, दाबी भुक्तानीको अनुपात, मानव संसाधन विकासमा गरिएको लगानी र डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा गरेको कार्यका आधारमा नेपाल लाइफलाई छनोट गरियो। यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व, लगानी विविधीकरण र सेवा प्रवाहको प्रभावकारिताको मूल्यांकनका आधार अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।
अवार्ड ग्रहण गरेपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस सफलताको श्रेय सञ्चालक समिति, कर्मचारी, अभिकर्ता, नियामक निकाय र ग्राहकहरूलाई दिए। उनले यो सम्मानले कम्पनीलाई आगामी दिनमा थप जिम्मेवार बन्दै बिमा क्षेत्रको प्रवर्द्धनमा लाग्न हौसला मिलेको बताए। नेपाल लाइफले लामो समयदेखि नेपाली बीमा बजारमा आफ्नो उपस्थिति जनाउँदै आएको छ।
माघ २०, २०८२ मंगलबार १६:३६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।