भारत र अमेरिकाबीच व्यापार सम्झौता : अमेरिकाले कर घटाउने, भारतले रुसी तेल नकिन्ने

भारत र अमेरिकाबीच व्यापार सम्झौता : अमेरिकाले कर घटाउने, भारतले रुसी तेल नकिन्ने

एजेन्सी : अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको टेलिफोन वार्तापछि नयाँ व्यापार सम्झौता भएको छ।

भारतसँग नयाँ व्यापार सम्झौता भएको दाबी गर्दै ट्रम्पले भारतीय सामानमाथि अमेरिकाले लगाएको कर (ट्यारिफ) ५० प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्ने सहमति भएकाे बताए।

ट्रम्पले भारतले रुसी तेल खरिद रोक्ने र व्यापार अवरोधहरू घटाउने सहमति भएकाे दाबी गरे। 

सम्झौताअनुसार भारतले ऊर्जा, कोइला, प्रविधि, कृषि तथा अन्य क्षेत्रहरूमा समेत गरी करिब ५०० अर्ब अमेरिकी डलरसम्मका अमेरिकी सामान खरिद गर्ने प्रतिवद्धता जनाएको उनको दाबी छ। 

माघ २०, २०८२ मंगलबार १५:३६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।