रणवीर सिंहको ‘धुरन्धर २’को पोस्टर सार्वजनिक, टिजर पनि आजै आउने

रणवीर सिंहको ‘धुरन्धर २’को पोस्टर सार्वजनिक, टिजर पनि आजै आउने

एजेन्सी : रणवीर सिंहको फिल्म ‘धुरन्धर’ सुपरहिट भएसँगै निर्माण टिमले यसको दोस्रो भागको पोस्टर सार्वजनिक गरेको छ।

आजै दिउँसो २ बजे टिजर ल्याउन लागेको निर्माण टोलीले त्यसअघि नै पोस्टर सार्वजनिक गरेर दर्शकमाझ अझ बढी क्रेज बढाउन खोजेको छ। पोस्टरमा रणवीर सिंह निकै डरलाग्दो अवतारमा देखाइएको छ।

पानी परिरहेको र रातो प्रकाशको बीचमा उनी उभिएको देख्दा रगतकै वर्षा भइरहेको जस्तो भान हुन्छ। यो पोस्टर सेयर गर्दै रणवीरले क्याप्सनमा लेखेका छन्, ‘अब बिगडनेका वक्त आ गया है अर्थात अब बिग्रने समय आएको छ।’

पोस्टरसँगै निर्माण पक्षले फिल्मको आधिकारिक नाम पनि घोषणा गरेको छ। फिल्मको नाम ‘धुरन्धर: द रिभेन्ज’ राखिएको छ। यो फिल्म १९ मार्च २०२६ मा हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम गरी पाँच भाषामा हलहरूमा रिलिज हुनेछ।

पहिलो भाग ‘धुरन्धर’ ले भारतीय बक्स अफिसमा निकै आक्रामक व्यापार गरेको थियो। फिल्मले पहिलो हप्ता २१८ करोड, दोस्रो हप्ता २६१.५० करोड, तेस्रो हप्ता १८९.३० करोड, चौथो हप्तामा ११५.७० करोड पाचौं हप्ता ३५.८० करोड भारु कमाएको थियो।

यसरी फिल्मले ३३औं दिनसम्मका कुल नेट कलेक्सन ८३१.४० करोड भारु कटेको छ। यसरी पहिलो भागले ८ सय करोडभन्दा बढीको व्यापार गरेपछि अब यसको दोस्रो भागले झन् ठूलो रेकर्ड राख्ने अपेक्षा गरिएको छ।

माघ २०, २०८२ मंगलबार १२:०३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।