काठमाडौंको बानेश्वरमा खुल्यो ‘करेन्ट मार्ट’, यसोदा फुड्सका सबै उत्पादन एकै छानामुनि पाइने
काठमाडौं : नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्सका कारण लोकप्रिय बनेको यसोदा फुड्सले काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यानी चोकमा आफ्नो नयाँ रिटेल आउटलेट ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ।
भैरहवामा सञ्चालित पहिलो आउटलेटको सफलता र बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले गत आइतबार (माघ १८ गते) देखि काठमाडौंमा शाखा विस्तार गरेको हो।
नयाँ आउटलेटको उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे र नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरेका थियो।
कार्यक्रममा एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति, सपना भुसाललगायत शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।
कम्पनीका अनुसार यो नवनिर्मित ‘करेन्ट मार्ट’ मा उपभोक्ताले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि खरिद गर्न सक्नेछन्।
मार्टमा करेन्ट ब्राण्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध छन्। साथै, करेन्ट गोल्ड मसला चिया, सिटीसी चिया र जिरा, धनियाँ तथा खुर्सानी पाउडर जस्ता मसलाहरू पनि उपलब्ध गराइएको छ।
उद्घाटनका क्रममा यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले भने, ‘भैरहवाका उपभोक्ताहरूले देखाउनुभएको माया र विश्वासले हामीलाई राजधानीमा पनि सेवा विस्तार गर्न उत्साहित बनाएको छ। अब कात्यानी चोकबाटै हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू उपभोक्ताले सहज रूपमा खरिद गर्न सक्नुहुनेछ।’
यसअघि अनामनगर र शंखमुलमा ‘करेन्ट पोइन्ट’ मार्फत सेवा दिँदै आएकोमा यो नयाँ ‘मार्ट’ ले प्याकेज्ड फुडका पारखीलाई थप सुविधा दिने विश्वास कम्पनीले लिएको छ।
सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा.लि. ले छोटो समयमै नेपाली खाद्य बजारमा, विशेषगरी युवापुस्तामाझ आफ्नो छुट्टै पहिचान बनाएको छ। हाल यसका उत्पादनहरू नेपालभरका साथै विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात हुँदै आएका छन्।
माघ २०, २०८२ मंगलबार १०:१०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।