दराजको ‘२.२ सेल’ घोषणा : ७० प्रतिशतसम्म छुट र रेडमी नोट १५ जित्ने मौका

दराजको ‘२.२ सेल’ घोषणा : ७० प्रतिशतसम्म छुट र रेडमी नोट १५ जित्ने मौका

काठमाडौं : दराज नेपालले ‘२.२ फ्याबुलस फेब’ नामक विशेष सेल अभियान घोषणा गरेको छ। यो योजना माघ १८ गते (फेब्रुअरी १) राति ८ बजेदेखि माघ २३ गते (फेब्रुअरी ६) सम्म सञ्चालन हुनेछ।

अभियान अवधिभर ग्राहकले फ्ल्याश सेलमा ७० प्रतिशतसम्म र मेगा डिल्स मार्फत ६० प्रतिशतसम्म छुट पाउनेछन्।

साथै, ‘एभ्रिडे लो प्राइस’ अन्तर्गत दैनिक आवश्यक सामग्रीहरू सुपथ मूल्य र छिटो डेलिभरीमा उपलब्ध गराइने दराजले जनाएको छ।

यस सेलमा ३ हजार रुपैयाँभन्दा बढीको किनमेल गर्ने एक जना भाग्यशाली ग्राहकले ‘रेडमी नोट १५ फाइभजी’ जित्ने मौका पाउनेछन्।

साथै, ‘बेष्ट प्राइस’ ट्याग भएका सामानमा अन्यत्र भन्दा महँगो भेटिएमा मूल्य अन्तरको दुई गुणा रकम फिर्ता दिने ग्यारेन्टी पनि कम्पनीले गरेको छ।

सेटाफिल, नाइक जस्ता ब्रान्डहरूमा विशेष छुट रहने यस सेलमा निःशुल्क डेलिभरीको सुविधा पनि उपलब्ध छ।

माघ २०, २०८२ मंगलबार १०:००:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।