निर्वाचन सदनमा जनप्रतिनिधि पठाउने मात्र नभइ नयाँ राजनितिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सदनमा जनप्रतिनिधि पठाउने नियमित प्रक्रिया मात्र नभई नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्ने बताएकी छन्।
सोमबार राष्ट्रियसभाको बैठकलाई पहिलोपटक सम्बोधन गर्दै कार्कीले आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधिसभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर रहेको पनि स्पष्ट पारिन्।
कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा प्रतिनिधिसभाको निर्वाचन हुने विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी समेत गराइन्।
कार्कीले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ पनि दिइन्।
माघ १९, २०८२ सोमबार १५:४६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।