सिद्धार्थ बैंक ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५’ बाट सम्मानित

सिद्धार्थ बैंक ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५’ बाट सम्मानित

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेड ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५’ अन्तर्गत ‘कमर्सियल बैंकिङ क्याटेगोरी’ बाट सम्मानित भएको छ।

कर्पोरेट क्लब नेपाल प्रा.लि.ले आयोजना गरेको वार्षिक अवार्ड समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

माघ १६ गते आयोजित विशेष समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले सो अवार्ड ग्रहण गरेका थिए।

बैंकले मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान प्राप्त गरेको हो।

यस उपलब्धिले ग्राहकप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउन र आगामी दिनमा अझ परिष्कृत सेवा प्रदान गर्न प्रेरणा मिलेको बैंकले जनाएको छ।

बैंकले यस खुसीको अवसरमा आफ्ना ग्राहक, सरोकारवाला र शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ।

माघ १९, २०८२ सोमबार १०:२५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।