नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा भेटियो महिलाको बेवारिसे शव

नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा भेटियो महिलाको बेवारिसे शव

चितवन : भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ।

आज बिहान करिब ७:२० बजेको समयमा आयुस्मा मोटर बोट सञ्चालन हुने स्थान नजिकै पानीमा अन्दाजी ५५ देखि ६० वर्षकी महिलाको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।

वडा प्रहरी कार्यालय नारायणगढबाट करिब १ किलोमिटर उत्तरतर्फ बगाएर ल्याएको जस्तो देखिने उक्त शवको हालसम्म पहिचान खुल्न सकेको छैन।

प्रहरीले घटनास्थलमा पुगेर बिहान ९:३० बजे मुचुल्का लगायतको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि सरकारी अस्पताल पठाएको छ। मृतकको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

माघ १९, २०८२ सोमबार ०९:४२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।