एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा 'गोल्ड लोन' योजना सार्वजनिक

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा 'गोल्ड लोन' योजना सार्वजनिक

काठमाडौं : एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सहितको प्रतिस्पर्धी ब्याजदरमा 'गोल्ड लोन' (सुन कर्जा) योजना सार्वजनिक गरेको छ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ अघि बढिरहेको बैंकले ल्याएको यस योजनाअन्तर्गत ग्राहकले सुनको बार वा गरगहना धितो राखेर ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्।

बैंकका अनुसार बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा पाइनेछ। साथै, नयाँ गरगहना खरिद गर्नका लागि पनि कर्जा सुविधा उपलब्ध हुनेछ। यो कर्जा बैंकका तोकिएका शाखाहरूबाट सहज रूपमा प्राप्त गर्न सकिनेछ।

ग्राहकका जिज्ञासा, सुझाव तथा गुनासो सम्बोधन गर्न बैंकले एकद्वार प्रणाली अन्तर्गत ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिएका छन्।

माघ १९, २०८२ सोमबार ०९:३४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।