विवाह सिजनलाई लक्षित यामाहाको नयाँ अफर
काठमाडौं : नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले विवाहको सिजनलाई लक्षित गरी ‘मायासँग मायाको यात्रा’ योजना सार्वजनिक गरेको छ।
कम्पनीले यस योजना अन्तर्गत सेवाग्राहीले यामाहाका दुई पाङ्ग्रे सवारी साधनको खरिदमा ६ हजार रुपैयाँसम्म नगद छुट (सगुन) प्राप्त गर्नेछन्। यो अफर विशेष गरी नयाँ वैवाहिक जीवन सुरु गर्न लागेका जोडीहरूलाई लक्षित गरी ल्याइएको हो।
देशभर रहेका यामाहाका आधिकारिक डिलर नेटवर्कमार्फत यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। एमएडब्लू राइड्सले नेपाली बजारमा लामो समयदेखि जापानी इन्जिनियरिङका मोटरसाइकल तथा स्कुटरहरू बिक्री वितरण गर्दै आएको छ।
यसअघि पनि यामाहाले विवाहको सिजनमा यस्तै उपभोक्तामुखी नगद छुट योजनाहरू सञ्चालन गर्दै आएको थियो।
माघ १८, २०८२ आइतबार १३:४२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।