छ महिनामा वीरगन्जबाट भित्रियो सात अर्ब ६४ करोडको दलहन
वीरगञ्ज : वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ। गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रियो।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए।
जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न पाँच अर्ब ८३ करोडको आयात भएको थियो। चालु आवको छ महिनामा तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ।
त्यस्तै सोही अवधिमा एक अर्ब १७ करोड मूल्य पर्ने सिमी / राज्मा आयात भएको छ। चालु आवको छ महिनामा एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ।
त्यसैगरी, एक अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ । २७ करोड बराबर रहरको दाल र १६ करोड मूल्यको केराउ आयात भयाे। त्यस्तै पाँच करोड १० लाख मूल्यका बकुल्लाको आयात भयाे।
माघ १८, २०८२ आइतबार ११:४०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।