एकैदिन तोलामा १८ हजार ८०० रुपैयाँ घट्यो सुनको मूल्य

एकैदिन तोलामा १८ हजार ८०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य १८ हजार ८०० रुपैयाँले घटेर तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ५०० कायम भएको छ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ६५ कायम भएको थियो। बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ मा किनबेच भएको थियो।

त्यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको भने गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

माघ १८, २०८२ आइतबार ११:२४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।