डिसहोम इन्टरनेटले सुरु गर्यो ‘सर्भिस अन डोर’ अभियान

डिसहोम इन्टरनेटले सुरु गर्यो ‘सर्भिस अन डोर’ अभियान

काठमाडौं : डिसहोम इन्टरनेटले आफ्ना सेवाग्राहीलाई थप सहज, छरितो र स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले ‘सर्भिस अन डोर-एसओडी’ अभियानको सुरु गरेको छ। बागमती प्रदेशको थानकोट तथा चन्द्रागिरी क्षेत्रबाट माघ १५ गतेदेखि अभियान सुरु गरियो।

यस अभियानअन्तर्गत सेवाग्राहीले इन्टरनेट जडान तथा मर्मत लगायतका सम्पूर्ण प्राविधिक सेवाहरू आफ्नै घरदैलोमा प्राप्त गर्ने कम्पनीले जनायो। सेवाग्राहीको समय र सुविधालाई विशेष प्राथमिकता दिँदै कम्पनीका दक्ष प्राविधिक टोलीहरू सिधै घरमै पुगेर समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ।

काठमाडौं उपत्यकाबाट सुरु भएको यो ‘एसओडी’ अभियानलाई कम्पनीले चरणबद्ध रूपमा देशका अन्य प्रमुख सहरहरूमा समेत विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ। साथै, अभियान अवधिभर इन्टरनेटको वार्षिक रिचार्ज गर्ने सेवाग्राहीले विशेष छुट र थप आकर्षक सुविधाहरू समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

माघ १७, २०८२ शनिबार २१:३६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।