कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौं : नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यही प्रणालीका कारण आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
महाशाखाले आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने जनाएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
यस्तै, राति पनि तराईका थोरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ।
कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ।
माघ १७, २०८२ शनिबार ०७:२८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।