धादिङवेशीमा एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, १७५ भन्दा बढी सवारीसाधन लाभान्वित
धादिङ : एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रा. लि. ले धादिङवेशीमा आयोजना गरेको तीनदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ।
यही जनवरी २५ देखि २७ सम्म सृष्टि मोटर्समा सञ्चालित शिविरमा १७५ भन्दा बढी सवारीसाधनको निःशुल्क सर्भिसिङ गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा एसएमएल महिन्द्रा इन्डियाका इन्जिनियर मनोज सैनी र नेपालका सेल्स हेड संजय खड्कासहितको प्राविधिक टोलीले सवारीसाधनको मर्मत गर्नुका साथै चालक तथा धनीहरूलाई गाडीको उचित हेरचाह र पार्टपुर्जाको सुरक्षासम्बन्धी जानकारीसमेत प्रदान गरेका थिए।
ग्राहकलाई उत्कृष्ट सेवा र सवारीसाधनको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ।
माघ १६, २०८२ शुक्रबार १०:१८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।