‘यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्ज’ को आधा चरण सम्पन्न
काठमाडौं : एमएडब्लू राइड्सअन्तर्गतको यामाहा नेपालले सञ्चालन गरिरहेको ‘यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्ज’ को आधा चरण सफलतापूर्वक सम्पन्न भएको छ।
कम्पनीका अनुसार नेपालका विभिन्न भू-भागमा गरिएको वास्तविक राइडिङ परीक्षणमा स्कुटरले उत्कृष्ट माइलेज दिएको छ।
एआरएआईले ७१.३३ किमी प्रतिलिटर माइलेज प्रमाणित गरेको यामाहा रेजेडआर १२५-एफआई हाइब्रिडले नेपाली सडकमा सञ्चालित यो लिगमा ८७.२० किमी प्रतिलिटरसम्मको कीर्तिमानी माइलेज दिएको छ।
तराईका समथर भूभागदेखि पहाडी उकालो र अफ-रोडमा समेत स्कुटरको माइलेज क्षमता परीक्षण भइरहेको कम्पनीले जनाएको छ।
सेग्मेन्टकै एकमात्र हाइब्रिड स्कुटर रहेको यसमा स्मार्ट मोटर जेनेरेटर र अटोमेटिक स्टप एण्ड स्टार्ट प्रणाली जडान गरिएको छ, जसले इन्धन बचतमा मद्दत पुर्याउँछ।
यामाहा नेपालका सीईओ दीपक कुमार अग्रवालले ल्याबको नतिजालाई नेपालका वास्तविक सडकमा प्रमाणित गर्न यो लिग सफल भएको र ग्राहकले आफ्नै आँखाले नतिजा देख्न पाएको बताएका छन्।
सातै प्रदेश समेट्ने गरी सञ्चालन भइरहेको यो प्रतियोगिताको ‘ग्रान्ड फिनाले’ (विनर अफ विनर्स) २०८३ असारमा हुनेछ।
इच्छुक यामाहा रेजेडआर हाइब्रिड धनीहरूले अझै पनि नजिकको शोरुममा सम्पर्क गरी प्रतियोगितामा सहभागी हुन सक्ने यामाहा नेपालले जनाएको छ।
माघ १६, २०८२ शुक्रबार ०९:५९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।