भरतपुरमा ओछ्यानमै अचेत भेटिएका २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु

भरतपुरमा ओछ्यानमै अचेत भेटिएका २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु

चितवन : चितवनको भरतपुर महानगरपालिका-१८ गांजीपुर टोलमा एक युवकको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २४ वर्षीय धिरज चन्द ठकुरी रहेका छन्।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:३० बजे धिरज आफ्नै सुत्ने कोठामा अचेत अवस्थामा फेला परेका थिए। उनका बुबा मिनबहादुर चन्द ठकुरीले छोरालाई बोलाउँदा नबोलेपछि कोठामा गएर हेर्दा उनी अचेत अवस्थामा भेटिएका थिए।

लगत्तै उनलाई परिवारले उद्धार गरी उपचारका लागि भरतपुर सरकारी अस्पताल पुर्याएका थिए। तर, उपचारकै क्रममा बिहान १०:१५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय चनौलीबाट प्रहरी सहायक निरीक्षक (असई) खुलराज ढकालको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

माघ १६, २०८२ शुक्रबार ०९:२३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।