१४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः सुरू

१४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः सुरू

एजेन्सी : बङ्गलादेशको राजधानी ढाकाबाट उडेको एउटा विमान बिहीबार पाकिस्तानको कराँचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

समाचार एजेन्सी पीटीआई र पाकिस्तानी पत्रिका डनका अनुसार, यो उडानसँगै दुई देशबीच १४ वर्षपछि सीधा हवाई सेवा पुनः सुरु भएको छ।

पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार ‘विमान बङ्गलादेश एयरलाइन्स’को उडान नम्बर बीजी–३४१ बिहीबार साँझ ढाकाबाट उडेर कराँची पुगेको हो।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो ढाकाबाट आएको त्यस्तो पहिलो उडान हो, जुन १४ वर्षपछि जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।’

माघ १६, २०८२ शुक्रबार ०८:४६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।