तनहुँमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु
दमौली : पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका-१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका-१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो।
दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका-३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन्। उनको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
थापा र मगर सवार स्कुटर पोखराबाट दमौली आइरहेका थियो।
माघ १५, २०८२ बिहीबार १०:३५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।