हुस्सुका कारण बुद्ध एयरको उडान प्रभावित

हुस्सुका कारण बुद्ध एयरको उडान प्रभावित

काठमाडौं : बाक्लो हुस्सु र कुहिरोका कारण बुद्ध एयरको उडान सेवा प्रभावित भएको छ।

प्रतिकूल मौसमका कारण ‘भिजिबिलिटी’ कम हुँदा काठमाडौं विमानस्थलबाट हुने उडानहरू हालका लागि रोकिएका छन्।

बुद्ध एयरका अनुसार मौसममा सुधार आउन अझै केही समय लाग्ने देखिएको छ।

काठमाडौंबाहेक विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थल पनि मौसम नखुलेका कारण सञ्चालनमा आउन सकेका छैनन्।

यी बाहेकका अन्य विमानस्थलमा भने मौसम सफा रहेको र नियमित उडान भइरहेको कम्पनीले जनाएको छ।

माघ १५, २०८२ बिहीबार १०:२८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।