ज्योति विकास बैंकका सेवाग्राहीलाई चितवनको ‘राइनो लज एन्ड होटल’ मा २५ प्रतिशतसम्म छुट
काठमाडौं : ज्योति विकास बैंक र चितवनको सौराहास्थित ‘राइनो लज एन्ड होटल’बीच बैंकका सेवाग्राहीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। बैंकले आफ्ना सेवाग्राहीलाई थप सुविधा र सहुलियत उपलब्ध गराउने उद्देश्यले यो सहकार्य गरेको हो।
सम्झौता अनुसार ज्योति विकास बैंकमा खाता रहेका सेवाग्राहीले सौराहाको पर्यटकीय सेवा सुविधाहरूमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। प्राकृतिक वातावरण र उच्चस्तरीय आतिथ्यका लागि चिनिने राइनो लजसँगको साझेदारीले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बैंकको विश्वास छ।
बैंकले व्यवसाय विस्तारसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि आफ्नो उपस्थिति सुदृढ बनाउँदै छ। बैंकले स्वास्थ्य क्षेत्रमा सञ्चालित ‘न्यानो नानी’ कार्यक्रम मार्फत ७० वटा बेबी वार्मर (शिशुलाई न्यानो राख्ने उपकरण) उपलब्ध गराइएको छ। जसले वार्षिक २ हजार ५ सय ९० भन्दा बढी नवजात शिशुको जीवन रक्षामा प्रत्यक्ष योगदान पुग्ने बैंकको विश्वास छ।
आर्थिक पारदर्शिता र राज्यप्रतिको दायित्वलाई प्राथमिकता दिँदै बैंकले गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर भुक्तानी गरेको जनाएको छ। हाल ज्योति विकास बैंकले देशभर आफ्ना ११८ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर र ७५ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
माघ १४, २०८२ बुधबार १८:३७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।