नेप्सेमा सामान्य अङ्कको सुधार, दुई कम्पनीमा ‘सकारात्मक सर्किट’

नेप्सेमा सामान्य अङ्कको सुधार, दुई कम्पनीमा ‘सकारात्मक सर्किट’

काठमाडौं : अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य अङ्कको सुधार देखिएको छ। नेप्से परिसूचक पाँच दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ७३१ दशमलव ५९ को बिन्दुमा कायम भयो।

बुधबार ३३४ कम्पनीको दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर एक लाख २१ हजार ९९२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ बराबरको कारोबार भयो। 

बैंकिङ, लगानी, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा समूहबाहेक अरू सबै समूहको उपसूचक बढे। कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गुडविल फाइनान्स लिमिटेड डिबेन्चर-२०८३ को सेयर मूल्य सबैभन्दा बढी आठ दशमलव शून्य सात प्रतिशतले घटेको छ।

माघ १४, २०८२ बुधबार १६:०२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।