काठमाडौंमा बजाजको ‘महा-एक्सचेन्ज कार्निभल’ सुरु, नयाँ पल्सर २२० एफ सार्वजनिक

काठमाडौंमा बजाजको ‘महा-एक्सचेन्ज कार्निभल’ सुरु, नयाँ पल्सर २२० एफ सार्वजनिक

काठमाडौं : बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ‘बजाज नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ।

माघ ११ देखि सुरु भएको यो मेला माघ १७ गतेसम्म चल्नेछ।

कार्निभलको अवसर पारेर कम्पनीले नयाँ ‘पल्सर २२० एफ एफआई एबिएस’औपचारिक रूपमा सार्वजनिक गरेको छ।

फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन र नयाँ ग्राफिक्ससहित आएको यस मोटरसाइकलको सुरुवाती मूल्य रु. ४ लाख ३९ हजार ९ सय तोकिएको छ।

अफरहरू:
अतिरिक्त भ्यालुएसन: पुरानो मोटरसाइकल साट्दा बजार मूल्यभन्दा रु. ८,००० सम्म थप भ्यालुएसन पाइने।
सहज फाइनान्स: नागरिकताको आधारमा ‘अन–द–स्पट’ फाइनान्स सुविधा।
अन्य सुविधा: २२ भन्दा बढी भ्यालुएटर, निःशुल्क एसेसरिज र ५ वर्षको वारेन्टी।

नयाँ वर्ष २०२६ को सुरुवातमै बाइक अपग्रेड गर्न चाहने ग्राहकका लागि यो कार्निभल सुनौलो अवसर भएको कम्पनीले जनाएको छ।

माघ १३, २०८२ मंगलबार ११:२६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।