इटहरीमा ट्रायम्फ मोटरसाइकलको एक्सचेन्ज क्याम्प सुरु, १५ हजार थप भ्यालुएसन पाइने

इटहरीमा ट्रायम्फ मोटरसाइकलको एक्सचेन्ज क्याम्प सुरु, १५ हजार थप भ्यालुएसन पाइने

इटहरी : ट्रायम्फ मोटरसाइकल नेपालले इटहरीस्थित आधिकारिक डिलर ‘अटो सिटी’सँगको सहकार्यमा एक्सचेन्ज क्याम्प सुरु गरेको छ।

धरान-१५, दशरथपथस्थित बिग फुट फुटसलमा माघ १२ देखि सुरू भएको यो क्याम्प माघ १७ गतेसम्म चल्नेछ।

हंशराज हुलासचन्द एण्ड कम्पनीद्वारा आयोजित यस क्याम्पमा ग्राहकले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर साटेर ट्रायम्फको नयाँ मोटरसाइकल लिन सक्नेछन्।

क्याम्पका मुख्य आकर्षणहरू:
स्पट एक्सचेन्ज: जुनसुकै पुराना मोटरसाइकल तथा स्कुटरसँग साट्न मिल्ने।
भ्यालुएसन: बजार चल्तीको मूल्यमा थप १५ हजार रुपैयाँ एक्सचेन्ज बोनस।
फाइनान्स: न्यून डाउन पेमेन्ट र सरल किस्ताबन्दीको सुविधा।
उपहार: प्रत्येक खरिदमा प्रिमियम हेल्मेट निःशुल्क।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाका अनुसार राइडरहरूलाई प्रिमियम मोटरसाइकलमा अपग्रेड गराउने उद्देश्यले यो योजना ल्याइएको हो। ग्राहकले कार्यक्रम स्थलमा गएर टेस्ट राइड समेत गर्न सक्नेछन्।

माघ १३, २०८२ मंगलबार ११:२३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।