कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ।

बाँकी हिमाली भू-भागमा आंशिक बदली रहे पनि तराईका भू-भागमा भने मौसम मुख्यतया सफा छ। अहिले गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा मध्यान्हसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। देशका हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

माघ १२, २०८२ सोमबार ०७:३५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।