उज्यालो नेपाल डोल्पाका उम्मेदवार कांग्रेसमा प्रवेश गरे
डोल्पा : उज्यालो नेपाल पार्टीबाट डोल्पामा उम्मेदवार बनेका दिल बहादुर विष्ट कांग्रेसमा प्रवेश गरेका छन्। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि उनी उज्यालो नेपाल पार्टीबाट आधिकारिक उम्मेदवार बनेका थिए। उम्मेदवारी फिर्ता लिने समय घर्किसकेपछि विष्टले शनिवार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
शनिवार एक कार्यक्रम गरेर उनलाई कांग्रेस सहमहामन्त्री तथा डोल्पामा कांग्रेसबाट उम्मेदवार बनेका कर्ण बहादुर बुढाले पार्टी प्रवेश गराएका थिए। उनले पार्टी नै बदले पनि उनको उम्मेदवारी भने हट्दैन। कांग्रेसमै रहेका विष्ट २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि माओवादी केन्द्रमा प्रवेश गरेर त्रिपुरासुन्दरी मेयरको उम्मेदवार बने पनि पराजित भएका थिए।
डोल्पामा यस अगाडि मितेरी नेपाल पार्टीबाट उम्मेदवार बनेकी जुनु भण्डारी पनि कांग्रेस प्रवेश गरेकी थिइन्।
माघ १०, २०८२ शनिबार १९:३२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।