सानिमा बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत क्यासब्याक

सानिमा बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत क्यासब्याक

काठमाडौं : सानिमा बैंकले बिग मार्टसँगको सहकार्यमा आफ्ना सेवाग्राहीका लागि क्यासब्याक योजना पुनः सञ्चालनमा ल्याएको छ। पहिलो चरणको सफलतापछि बैंकले यो योजनालाई पुनः २०८३ साल असारसम्मका लागि निरन्तरता दिएको हो।

योजनाअन्तर्गत ग्राहकले हरेक शुक्रबार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत बिग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अफर ल्याइएको बैंकले जनाएको छ। छुट सम्बन्धी थप विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ। हाल देशभर सानिमा बैंकका १३४ कार्यालय र १२८ वटा एटिएम सञ्चालनमा रहेका छन्।

माघ ९, २०८२ शुक्रबार १२:३५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।