महिला टी-२० विश्वकप छनोट : नेदरल्यान्ड्सविरुद्ध नेपाल बलिङ गर्दै
काठमाडौं : आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत भइरहेको खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध बलिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो।
प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो। यसअघि भएको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । यता, नेदरल्यान्ड्स भने उच्च मनोबलका साथ मैदान उत्रिएको छ।
जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स आजको खेल जित्दै लगातार तेस्रो जितसहित सुपर सिक्समा स्थान सुरक्षित गर्ने योजनामा छ।
अन्तर्राष्ट्रिय महिला टी-२० वरियतामा नेदरल्यान्ड्स १४औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा रहेको छ।
माघ ८, २०८२ बिहीबार ०९:५१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।