केन्द्रीय समितिको बैठकमा लेखकले भने "भावी प्रधानमन्त्री अहिले नै तोक्न सकिन्न" ( केन्द्रीय समितीको विशेष अडियो)

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशन पक्षधरको तर्फबाट आएको आठ बुँदे प्रस्तावमध्ये पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने प्रस्ताव स्वीकार गर्न नसक्ने नेताहरूले बताएका छन्। बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको तर्फबाट आएको आठ बुँदे प्रस्तावबारे जानकारी गराउँदै रमेश लेखकले अन्य सात बुँदामा समस्या नरहेको तर भावी प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै तोकेर जाने विषयमा भने सहमति हुन नसक्ने जानकारी गराएको बताएका थिए।

महामन्त्रीहरूले पार्टी सभापतिले उम्मेदवारी पत्रमा हस्ताक्षर नगर्नेदेखि लिएर निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरेसम्मका सबै प्रस्तावहरूमा सकारात्मक रहे पनि भावी प्रधानमन्त्रीको उम्मेदवार पहिला नै तोकेर जाने विषयमा पुनर्विचार गर्न भनेको लेखकले जानकारी दिए।

पुष ३०, २०८२ बुधबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।