कांग्रेस विशेष महाधिवेशन : ६ स्थानबाट जुलुस, कसरी भइरहेको छ तयारी ?

कांग्रेस विशेष महाधिवेशन : ६ स्थानबाट जुलुस, कसरी भइरहेको छ तयारी ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते काठमाडौंमा हुन लागेको विशेष महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन हुने भएको छ।

विशेष महाधिवेशन जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी पुस २७ गते भृकुटीमण्डपमा हुने महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शनको तयारी भएको जानकारी दिएको हो।

समितिका संयोजक एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीले विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौंका विभिन्न छ फरक फरक स्थानबाट जुलुस प्रदर्शनको तयारी गरिएको जानकारी दिए। पुस २७ गते आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि ती विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन गरिने उनले बताए।

समितिका संयोजक केसीले सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डप आउने कार्यक्रम रहेको बताए। 

पुष २५, २०८२ शुक्रबार २१:३०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।