नेपाली ईभी बजारमा 'रियर व्हील ड्राइभ'को क्रेज

नेपाली ईभी बजारमा 'रियर व्हील ड्राइभ'को क्रेज

काठमाडौं : नेपाली विद्युतीय सवारी (ईभी) बजारमा पछिल्लो समय 'रियर व्हील ड्राइभ' (आरडब्लुडी) प्रविधिप्रति आकर्षण बढेको देखिएको छ। रेन्ज र चार्जिङ सुविधामा मात्र सीमित नभई अहिले गाडीको ह्याण्डलिङ, सन्तुलन र ड्राइभिङ अनुभवलाई प्राथमिकता दिन थालिएको छ। 

विशेष गरी नेपालको पहाडी र घुमाउरो सडकका लागि आरडब्लुडी प्रविधि अत्यन्त प्रभावकारी मानिन्छ। यस प्रविधिमा मोटरको सम्पूर्ण शक्ति पछिल्लो पाङ्ग्रामा केन्द्रित हुन्छ, जसले गर्दा उकालो र मोडहरूमा गाडीको पकड (ट्र्याक्सन) बलियो हुनुका साथै नियन्त्रण र सन्तुलन उत्कृष्ट रहने कम्पनीको दाबी छ। 

नेपालका लागि एमजी र आईएम मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यो प्रिमियम प्रविधिलाई चर्चित मोडेलहरू एमजी एस५, एमजी४, एमजी कोमेट र एमजी आईएम६ मार्फत सर्वसुलभ बनाएको छ। आरडब्लुडी ईभीहरूले चालकलाई आत्मविश्वासका साथै आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

यसै बीच, नयाँ वर्षलाई लक्षित गर्दै पारामाउन्ट मोटर्सले ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ योजना सार्वजनिक गरेको छ। डिसेम्बर २५ देखि लागू भएको यस योजना अन्तर्गत ग्राहकले एमजीका गाडी खरिद गर्दा अधिकतम ४ लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।

यसका साथै उत्कृष्ट मूल्याङ्कन, सहज फाइनान्सिङ सुविधा, निःशुल्क एक्सेसरीज र तत्काल डेलिभरी जस्ता आकर्षक सुविधाहरू देशभरका एमजी शोरूमहरूमा उपलब्ध गराइएको छ। 
 

पुष २५, २०८२ शुक्रबार १९:२६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।