एनआईएमबीद्वारा युनियन-पे कार्ड सार्वजनिक, ५ वर्षसम्म शुल्क नलाग्ने
काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)ले ‘एनआईएमबी युनियन-पे कार्ड’ सेवाको शुभारम्भ गरेको छ। डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउँदै विश्वव्यापी भुक्तानी समाधान प्रदान गर्ने उद्देश्यले बैंकले यो सेवा ल्याएको हो।
यो कार्डमार्फत ग्राहकहरूले नेपाल र भारत लगायत विश्वभरका व्यापारिक केन्द्र र एटिएमहरूमा सुरक्षित र सहजरूपमा भुक्तानी तथा रकम झिक्न सक्नेछन्। अनलाइन कारोबार र अन्तर्राष्ट्रिय यात्रालाई सरल बनाउन यो कार्ड विशेष उपयोगी हुने बैंकले जनाएको छ।
कार्ड शुभारम्भको अवसरमा बैंकले विशेष प्रवर्द्धनात्मक अफर सार्वजनिक गरेको छ। जसअन्तर्गत नयाँ कार्ड लिने ग्राहकहरूले ५ वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट पाउनेछन्। यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध रहने भएकाले इच्छुक सेवाग्राहीलाई समयमै आवेदन दिन बैंकले आग्रह गरेको छ।
पुष २५, २०८२ शुक्रबार १९:१५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।