रास्वपाको चुनाव लक्षित रणनीति : डेटा साइन्टिस्टदेखि कन्टेन्ट क्रिएटरसम्म दुई सय बढी जनशक्ति माग्यो
काठमाडौं : चुनावी लक्षित रणनीति निर्माण र पार्टीको प्रभाव विस्तार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले डेटा साइन्टिस्टदेखि दुई सय बढी जनशक्ति मागेको छ। फागुन २१ गतेको चुनाव लक्षित गरेर रणनीति निर्माणदेखि सामाजिक सञ्जालबाट पार्टीको प्रभाव बढाउन उसले आवेदन खुलाएको हो।
रास्वपाले डिजिटल क्याम्पेन रुमका लागि चुनावी रणनीति निर्माण गर्ने निर्देशकदेखि तथ्याङ्क विश्लेषण, रणनीति निर्माण, कन्टेन्ट क्रियटर, राजनीतिक विश्लेषक मागेको हो। उसले पारिश्रमिक कति भन्ने खुलाएको छैन।
सूची हेर्दा रास्वपाले यस पटक संगठित रूपमा डिजिटल क्याम्पेन चलाउने तयारी गरेको देखिन्छ। यसका लागि उसले केन्द्रमा डिजिटल मिडिया रुमको निर्माण गरेर संगठित रूपमा कर्मचारीहरू नै लिएर क्याम्पेन चलाउने रणनीति बनाएको देखिन्छ।
निर्वाचनको बेलामा पार्टीहरूले आफ्नो संगठन परिचालन गर्दै आएका छन्। तर रास्वपाले भने कर्मचारी परिचालन गर्ने रणनीति बनाएको देखिन्छ। काम गर्ने अवधि ३० देखि ६० दिनसम्मको तोकेको छ।
पुष २५, २०८२ शुक्रबार १८:५७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।