स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूलाई पाल्पा सिमेन्टको आईपीओ खुल्यो

स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूलाई पाल्पा सिमेन्टको आईपीओ खुल्यो

काठमाडौं : पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ।

कम्पनीले पश्चिम नवलपरासी र पाल्पा जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ६२ हजार ५०० कित्ता सेयर छुट्याएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाले माघ ९ गतेसम्म र स्थानीय बासिन्दाले माघ २५ गतेसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ। यो चरणको बाँडफाँटपछि मात्र सर्वसाधारणका लागि आईपीओ खुल्नेछ।

पुष २५, २०८२ शुक्रबार ०९:४३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।