एनएमबि बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित
काठमाडौं : एनएमबि बैंकको ३०औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ।
सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) दिने प्रस्ताव पारित गरेको हो।
बैंकले सो आर्थिक वर्षमा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। सो अवधिमा बैंकले २ खर्ब ८३ अर्ब ६५ करोड निक्षेप संकलन गरी २ खर्ब ४३ अर्ब ३० करोड कर्जा प्रवाह गरेको थियो।
हाल बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गरिरहेको छ।
पुष २५, २०८२ शुक्रबार ०९:०८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।