एमालेमा निर्वाचन परिचालनको जिम्मा रामबहादुरलाई, थेबे युवा परिचालन संयोजक
काठमाडौं : एमाले सचिवालय बैठकले निर्वाचन परिचालनको संयोजकको जिम्मा पार्टी उपाध्यक्ष राम बहादुर थापालाई दिएको छ। युवा संघका अध्यक्ष क्षितिज थेबेलाई युवा परिचालनको संयोजक बनाएको छ।
नेकपाहुँदा माओवादी केन्द्रबाट एमालेमा गएर उतै बसेका थापा हालै सम्पन्न पार्टीको महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए। उनले पार्टीमा अध्यक्ष केपी ओलीपछिको वरियता पाएका छन्।
क्षितिज थेबे हाल युवासंघको अध्यक्ष छन्। थेबे ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिससमेत भएका छन्। उनी महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
पुष २२, २०८२ मंगलबार १९:०१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।