राष्ट्रिय सभामा कांग्रेस,एमाले, नेकपा र जसपाले तालमेल गर्ने
काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमालेसहितका दलसँग तालमेल गर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले आफूले सात र एमालेलाई सात सिट दिने नेकपालाई ३ र जसपालाई १ सिट दिने गरी सहमति गरेको हो।
तालमेल मिलाउनेबारे निर्णय गर्न बसेको बैठकले अन्य दलसँग मिलेर निर्वाचनमा जाने निर्णय गरेको हो। महन्थ ठाकुरलाई राष्ट्रिय सभामा लैजान जसपालाई एक सिट दिएको कांग्रेसका एक नेताले बताए। कांग्रेसले आफ्नो भागमा परेको सात जना उम्मेदवारको नाम आजै टुङ्ग्याउने तयारी गरेको छ।
पुष २२, २०८२ मंगलबार १८:५२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।