युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका-१ बस्ने प्युठान, प्युठान नगरपालिका-९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका-५ का ४० वर्षीय आइते तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३४ वर्षीय विजय गुरुङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनले भने, “पक्राउ परेकामध्ये इन्द्र र आइतेले युके पठाइदिने भन्दै सात जना पीडितबाट १३ लाख र विजयले युके पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो।”
पक्राउ परेकामध्ये इन्द्र र आइतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा विजयलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता आचार्यले बताए।
पुष २१, २०८२ सोमबार १६:०५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।