भद्रपुर दुर्घटना : छानबिनमा पूर्ण सहयोग गर्ने बुद्ध एयरको प्रतिबद्धता, घाइते यात्रु घर फर्किए

भद्रपुर दुर्घटना : छानबिनमा पूर्ण सहयोग गर्ने बुद्ध एयरको प्रतिबद्धता, घाइते यात्रु घर फर्किए

काठमाडौं : बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको जहाज दुर्घटनाको विस्तृत छानबिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौंबाट भद्रपुरका लागि उडेको जहाज अवतरणका क्रममा रन-वेबाट बाहिर जाँदा दुर्घटनामा परेको थियो।

बुद्ध एयरले शनिबार एक सामाजिक सञ्जाल पोस्टमार्फत सत्यतथ्य पत्ता लगाउन हुने छानबिन प्रक्रियामा सघाउने बताएको हो।

कम्पनीका अनुसार दुर्घटनामा परी सामान्य घाइते भएका यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किसकेका छन्। उक्त विमानमा ५१ जना यात्रु सवार थिए।

एयरलाइन्सले दुर्घटनालगत्तै उद्धार कार्यमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरका कर्मचारीहरूप्रति आभार समेत व्यक्त गरेको छ।

पुष १९, २०८२ शनिबार १०:१८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।