प्रधानमन्त्री र प्रसाईं समूहबीच सिंहदरबारमा छलफल

प्रधानमन्त्री र प्रसाईं समूहबीच सिंहदरबारमा छलफल

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको 'नागरिक बचाउ अभियान' को टोलीबीच बिहीबार सिंहदरबारमा छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटवार्तामा सरकारका तर्फबाट अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल सहभागी थिए। अभियानका तर्फबाट संयोजक प्रसाईंसहितका प्रतिनिधिहरू उपस्थित थिए।

प्रसाईं समूहले मङ्सिर ६ गतेदेखि राख्दै आएका मागहरूका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले सञ्चारमन्त्री जगदीश खरेलको नेतृत्वमा गठित सहजीकरण समितिमार्फत यसअघि मङ्सिर २२ गते पनि यस समूहसँग वार्ता गरेको थियो।

आगामी चुनावका लागि सहज वातावरण निर्माण गर्न र आन्दोलनरत पक्षका मागलाई संवादमार्फत हल गर्न प्रधानमन्त्रीले छलफलमा बोलाएकी हुन्। भेटमा प्रसाईंले आफ्ना मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

पुष १७, २०८२ बिहीबार १४:५२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।