एलजी नेपालको विश्वकप योजना : चार भाग्यशाली विजेताको नाम घोषणा, पाउनेछन् मुम्बईमा नेपालको खेल हेर्ने अवसर
काठमाडौं : एलजी नेपालले टी-२० विश्वकप क्रिकेट लक्षित गरी ल्याएको आकर्षक उपभोक्ता योजनाअन्तर्गत पहिलो चरणका विजेताहरूको घोषणा गरेको छ।
गत मंसिर २९ गतेदेखि सुरु भएको यो योजनामार्फत देशभरबाट ४ जना भाग्यशाली विजेता छनोट भएका छन्।
पहिलो चरणका विजेताहरूमा काठमाडौं इमाडोलका उसन प्रधानांग, बुटवलका शिव आचार्य, काठमाडौं नैकापकै प्रवाश ढुंगाना र पोखराका विनोद सापकोटा रहेका छन्। उनीहरूले एलजीका विभिन्न उपकरणहरू खरिद गरेर यस योजनामा सहभागी भएका थिए।
एलजीको कुनै पनि सामान खरिद गर्ने ग्राहकहरूमध्येबाट गोलाप्रथामार्फत छनोट भएका यी विजेताहरूले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेका छन्।
कम्पनीले विजेताहरूको लागि ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज उपलब्ध गराउनेछ, जसको सम्पूर्ण खर्च कम्पनीले नै बेहोर्ने जनाएको छ।
एलजीका सामान खरिद गरेर अझै पनि विजेता बन्ने मौका बाँकी रहेको भन्दै कम्पनीले ग्राहकहरूलाई एसएमएस गरेर योजनामा सहभागी हुन आग्रह गरेको छ।
योजनामा सहभागी हुनका लागि LG <Space> Warranty Card No. <Space> Product Name <Space> Customer Name <Space> Address टाइप गरी ३१००३ मा एसएमएस पठाउनु पर्नेछ।
पुष १७, २०८२ बिहीबार १३:३९:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।