तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुन
काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ।
पुस १५ गते प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ।
हिजो प्रतितोला ४ हजार ५९० रुपैयाँ रहेको चाँदी आज एकै दिन तोलामा १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँमा झरेको छ।
पुष १६, २०८२ बुधबार ११:००:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।