आजको मौसम : तराईमा बाक्लो हुस्सु, उच्च पहाडी भेगमा हिमपातको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। जसका कारण आज तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा मौसम आंशिक बदली रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ।
साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाले तराई क्षेत्रमा लाग्ने हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
यसैबीच, काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ। आज दिउँसो उपत्यकाको अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ।
पुष १६, २०८२ बुधबार ०७:१५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।