एमाले नेता वासुदेवले पार्टी छाडे, रास्वपा प्रवेशको तयारी

एमाले नेता वासुदेवले पार्टी छाडे, रास्वपा प्रवेशको तयारी

बुटवल : एमालेका नेता एवम् प्रतिनिधिसभाका निवर्तमान सांसद वासुदेव घिमिरेले एमाले छाडेका छन्। उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै एमाले छाडेको घोषणा गरेका हुन्।

उनी २०७९ को निर्वाचनमा रुपन्देही-५बाट विजयी भएका थिए। उनी रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख समेत हुन्। उनी एमालेको ११ औ महाधिवेशन 

मा एमालेको केन्द्रीय सदस्यमा पराजित भएका थिए। 

पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै उनले मंगलबारदेखि आफू संलग्न रहेको पार्टीको जिम्मेवारीबाट अलग रहेको घोषणा गरेका छन्।

 घिमिरेले अहिले आम जनताको चाहना सुशासन, विकास, संवृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरण रहेको उल्लेख गरेका छन्।

उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह निकट थिए। उनले आफू निकटहरूलाई रास्वपा प्रवेशबारे छलफल गरेका थिए।

पुष १५, २०८२ मंगलबार २३:३५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।