दराजको ‘१.१ सेल’ सार्वजनिक, ७० प्रतिशतसम्म छुट अफर
काठमाडौं : दराजले नयाँ वर्ष २०२६ को विशेष अवसर पारेर ‘दराज १.१, द नं १ सेल’ अभियान सार्वजनिक गरेको छ। डिसेम्बर ३१ (पुस १६ गते) राति ८ बजेदेखि सुरु हुने यो सेल आगामी जनवरी ५ (पुस २१ गते) सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
अभियान अन्तर्गत विभिन्न श्रेणीका उत्पादनहरूमा ७० प्रतिशतसम्मको फ्ल्यास सेल र ६० प्रतिशतसम्मको मेगा डिल उपलब्ध गराइएको छ। साथै नि:शुल्क डेलिभरीको सुविधा गरिएको छ। विशेषगरी अन्तर्राष्ट्रिय ब्रान्डहरू एडिडास र रिबकमा ६० प्रतिशत तथा नाइकका उत्पादनमा ५० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गरिने दराजले जनाएको छ।
सेलको मुख्य आकर्षणका रूपमा ‘बेस्ट प्राइस ग्यारेन्टी’लाई अघि सारिएको छ। डिसेम्बर ३१ को रातिदेखि सुरु हुने ‘क्रेजी फ्ल्यास सेल’ मार्फत सीमित समयका लागि विशेष अफरसमेत सञ्चालन गरिने दराजले जनाएको छ।
स्वास्थ्य, सौन्दर्य, फेसन, होम डेकोर, इलेक्ट्रोनिक्स र फर्निचर लगायतका विविध क्षेत्रमा आकर्षक अफरहरू समेटिएको यो सेलले अनलाइन किनमेललाई थप सहज, भरपर्दो र लाभदायक बनाउने दराजको अपेक्षा छ। दराजको वेबसाइट वा मोबाइल एपबाट थप जानकारी लिनसकिने कम्पनीले जनाएको छ।
पुष १५, २०८२ मंगलबार १९:५८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।